कान्छो खवर । सोमबार, आषाढ १५, २०८३
गाईघाट १५ असार ।
लागूऔषध सहित दुई युबा पक्राउ परेका छन् । लहानदेखि गाईघाट तर्फ आउदै गरेको स २ प ७८७९ नम्बरको मोटरसाइकल चेकजाँचको क्रममा प्रहरीले गाडीका चालक र पछाडी बस्ने युवालाई आइतबार दिउसो पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका ५ का २१ बर्षिय दिपकराज पोख्रेल र २५ बर्षिय पुरन मगर रहेका छन् । प्रहरीले उनिहरुको साथबाट ओपिडोल ४९० क्याप्सुल र स्पास्पेन ४९० गरि ९८० क्याप्सुल लागूऔषध समेत बरामद गरेको छ ।
लालपत्ता प्रहरी चौकीले युबाको शरीर खानतलासी गरेर उक्त परिणामको लागूऔषध बरामद गरेको हो ।पक्राउ परेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्