कान्छो खवर । बिहिबार, आषाढ ११, २०८३
गाईघाट ११ असार ।
उदयपुरगढी गाउपालिकाले आगामी आर्थिक बर्ष २०८३/८४ को लागि ६४ करोड ७७ लाख १० हजार रुपैयाको बजेट ल्याएको छ ।
बुधबार २१ औं गाउँ सभामा उपाध्यक्ष जितबहादुर खड्काले आगामी बर्षकोलागि अनुमानित आय- ब्यय प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमा चालु खर्च तर्फ ४४ करोड , ८७ लाख ६३ रुपैया र पुजीगत खर्च तर्फ १९ करोड ८९ लाख ५६६ रुपैया अनुमानित गरिएको छ ।
दिगो बिकासका लक्ष्यहरुलाई पुरा गर्नकोलागि , शिक्षा , स्वास्थ , पर्यटन र पुर्बाधार क्षेत्रको बिकासलाई उच्च प्राथमिकता दिएर समाबेशी दिगो र गुणस्तरीय संरचना निर्माणमा जोद दिदै उत्पादनमुलक कृषिलाई प्रोत्साहन गर्ने नीति अनुसार बजेट ल्याइएको अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्