१० आषाढ २०८३, बुधबार

त्रियुगा नगरपालिकाको बजेट १ अरब ३९ करोड

कान्छो खवर । बुधबार, आषाढ १०, २०८३

गाईघाट  १०  असार  ।

त्रियुगा नगरपालिकाले आगामी बर्ष २०८३ / ०८४ का लागि १ अरब  ३८ करोड ७७ लाख ४ हजार रुपैयाको बजेट सार्वजनिक गरेको छ ।

बुधबार भएको १७ औं  नगरसभामा उपमेयर महेश्वरी राईले आगामी बर्षको आय ब्यय प्रस्तुत गरेकी हुन् ।

प्रस्तावित बजेट अनुसार संघीय सरकारबाट प्राप्त  ८५ करोड  ८१ लाख , समानिकरण अनुदान संघ तर्फ २२ करोड १८ लाख , सशर्त अनुदान संघ ८२ करोड  ८ लाख अनुमान गरिएको छ

समपुरक पुजिगत अनुदान ५५ लाख , प्रदेश सरकारबाट प्राप्त हुने ७४ करोड ९६ लाख ९ हजार , प्रदेश समानीकरण २ करोड ३४ लाख  ५ हजार , सशर्त अनुदान चालू प्रदेश ५४ करोड ६२ लाख ४ हजार र राजस्व बाडफाड बाट २३ करोड ४६ लाख ५१ हजार २३८ रुपैया अनुमान गरिएको छ ।

घर जग्गा रजिस्ट्रेसन दस्तुर तर्फ  बाडफाड भै प्राप्त हुने मुल्य अभिवृद्धि कर १५ करोड १० लाख ९६ हजार , बाडफाडबाट प्राप्त हुने अन्त शुल्क  ६ करोड ४७ लाख ५६ हजार , बाडफाडबाट प्राप्त हुने सवारी साधन कर १ करोड ८७ लाख ९९ हजार २३८ रुपैया अनुमानित गरिएको छ ।

आन्तरिक स्रोत तर्फ १६ करोड ५० लाख ६५ हजार र चालू बर्षको बाकी मौज्दात ५ करोड ४९ लाख ८८ हजार ७६२ रुपैयाको आय ब्यय अनुमानित गरिएको छ ।

मेयर बसन्त कुमार बस्नेतले आर्थिक बर्ष २०८३/ ०८४ को बार्षिक नगर बिकास नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

 

यहाँ कमेन्ट गर्नुहोस्