कान्छो खवर । बुधबार, आषाढ १०, २०८३
गाईघाट १० असार ।
प्रहरीले जुवा खेलिरहेको अबस्थामा मंगलबार साझ कौडा सहित ४ जनालाई पक्राउ गरेको छ ।
त्रियुगा नगरपालिका ४ बगाह डाडा टोलस्थित ईश्वर कार्कीको गोठमा जुवा खेलिरहेको अबस्थामा बर्ष ५० का तिलक बुढाथोकी , बर्ष ४० का प्रबिण राई , बर्ष ३९ का भबनाथ सिग्देल र बर्ष ४० का दिपक बराल साझ ५ बजे पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरुको साथ बाट १६ वटा कौडा , ५२ हजार ६ सय नगद , ४ थान मोटरसाइकल र ५ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरी बुधबार जिल्ला अदालत उदयपुरबाट म्याद थप गरि थप अनुसन्धानकोलागि थुनामा राखेको छ ।
यहाँ कमेन्ट गर्नुहोस्