१२ भाद्र २०८३, शुक्रबार

१२ भाद्र २०८३, शुक्रबार

उदयपुरको विभिन्न स्थानदेखि लागूऔषध सहित ३ जना पक्राउ

कान्छो खवर । आइतबार, आषाढ ०७, २०८३

गाईघाट  ७  असार  ।

प्रहरीले एकै दिन उदयपुरको छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलिले सनिवार साझ ५.३० बजेको समयमा कान्छी चोकमा संकास्पद रूपमा पैदल हिडिरहेका ३४ बर्षिय कृष्ण गोले तामाङलाई टेपेन्डाडोल ५६ थान , नगद ४ हजार सहित पक्राउ गरेको हो ।

त्यसै गरि ईलाका प्रहरी कार्यालय बेल्टारले अटो रिक्सा चेकजाचको क्रममा अटो चालकको साथबाट ट्रमाडोल २८५ ट्याब्लेट र म्याफनाक स्पाड २८५ ट्याब्लेट सहित चालक २६ बर्षिय जालकुमार राई र उनका दाजु ३० बर्षिय  नेत्रमन राईलाई राति ९.४५ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ गरेका उनिहरुलाई सम्बन्धित ईलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्