कान्छो खवर । शुक्रबार, आषाढ ०५, २०८३
गाईघाट ५ असार ।
चौदण्डीगढी नगरपालिकाले भुमी प्रशासन तथा नापी सम्बन्धि सेवा सुरु गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि नगरपालिकाले सेवा सुरु गरेको हो ।
नगर प्रमुख कालुमान लामाले स्थानिय बासिन्दालाई नगर बाटै भुमि प्रशासन तथा नापी सम्बन्धि सेवा सहजरूपमा उपलब्ध गराउने उदेश्य अनुरुप सेवा सुरु गरिएको बताए । अब नगरबासीले जग्गा खरिद तथा बिक्रि गर्न सदरमुकाम गाईघाट जानुपर्ने अबस्था अन्त भएको बताए ।
जग्गा खरिद बिक्रि गर्न पैसा खर्च गरेर गाईघाटस्थित नापी र मालपोत कार्यालय जानू पर्ने बाध्यता आजदेखि अन्त भएको उनले बताए । अब जग्गा सम्बन्धि सबै जसो काम नगरपालिका बाट हुने लामाले बताए ।
सेवा सुरु भएको पहिलो दिन वडा नम्बर ५ का बलराम चौधरीले जग्गा खरिद गरेको पुर्जा लिएका थिए । उनलाई नगर प्रमुख लामाले जग्गा धनीपुर्जा बितरण गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत काजिमान राईले निरन्तरको प्रयास पछि स्थानिय सरकारले भुटानी प्रशासन तथा नापी सम्बन्धि सेवा सुरु गर्न सकिएको बताए । नापी र भुमि प्रशासन कार्यालयको सहयोगमा नगरपालिकाको कर्मचारीलाई तालिम र जग्गा सम्बन्धि सबै काम सिकाएर सेवा सुरु गरिएको उनलेे बताए ।
नगर पालिकाको भुमि ब्यबस्थापन शाखा मार्फत नक्सा , प्रीन्ट , कित्ताकाट , फिल्ड रेखाङकन , कित्ता एकीकरण ,; नक्सा अद्यावधिक लगायतका सेवा सुरु गरिने राईले बताए ।
त्यसै गरि जग्गा रजिस्ट्रेसन , नामसारी , दाखिला खारेज , लगत कट्टा , रोक्का फुकुवा , जग्गा धनी प्रमाण पुर्जा बितरण , भु उपयोग क्षेत्र वर्गीकरण , राजीनामा पास , दान पत्र , हक हिस्सा , बकस पत्र , अन्शबन्डा , अन्श भरपाई , दृस्टीबन्धकि , अपुताली नामसारी , घर कायम , गुठी स्थापना तथा नक्सा प्रमाणित प्रतीलिपि बितरण जस्ता भुमी प्रशासन सम्बन्धि सेवाहरु नगरबाट हुने राईले बताए ।