कान्छो खवर । बुधबार, आषाढ ०३, २०८३
गाईघाट ३ असार ।
पौडी खेल्ने क्रममा बुधबार दिउसो उदयपुरमा एक किशोरीको नदिमा डुबेर मृत्यु भएको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका ९ देबधार बस्ने १४ बर्षीया आयुसा सदाको नदिमा डुबेर मृत्यु भएको हो । घर नजिकै रहेको देबधार खोलाको दहमा साझ ७.२० बजेको समयमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । मृतक सदाको शब पोस्टमार्टमकोलागि जिल्ला अस्पताल गाईघाट ल्याइएको प्रहरीले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्