०१ आषाढ २०८३, सोमबार

करेन्ट चाउचाउ खानयोग्य भन्दै योशदा फुट्स प्राली द्वारा सूचना जारी

कान्छो खवर । सोमबार, आषाढ ०१, २०८३

गाईघाट   १  असार  ।

यशोदा फुड्स प्रालीले सार्वजनिक सूचना जारी गर्दै निश्चित ब्याच बाहेकका अन्य करेन्ट चाउचाउ खानयोग्य रहेको जनाएको छ ।

कम्पनीले आइतबार जारी गरेको सूचनामा करेन्ट हट एन्ड स्पाइसी १०० ग्रामको उत्पादन मिति तथा ब्याच नम्बर २०२६/२/२३-०४ ए को चाउचाउ बाहेक अन्य मितिमा उत्पादन भएको ब्याच नम्बर ०४ ए वा सो भन्दा फरक ब्याच नम्बर भएको उत्पादन खान योग्य रहेको उल्लेख छ ।

खाद्य तथा गुण नियन्त्रण कार्यालयले समेत सोही सुचना जारी गरेकोले करेन्ट हट एन्ड स्पाईसी १०० ग्रामको उत्पादन मिति ब्याच बाहेक अन्य ब्याच नम्बरको सम्पुर्ण उत्पादन अनिवार्य रूपमा उपयोग गर्न  सकिने सूचनामा उल्लेख छ ।

यहाँ कमेन्ट गर्नुहोस्