कान्छो खवर । शनिबार, जेठ ०९, २०८३
गाईघाट ९ बैशाख ।
ब्राउन सुगर सहित एक युवा पक्राउ परेका छन् । प्रहरीले सनिवार दिउसो बेलका नगरपालिका ८ सेतिखोला देखि २१ बर्षिय खगिन भन्ने खगेन्द्र मगरलाई दुई ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
बेलका ४ का मगरलाई संकास्पद रूपमा हिडिरहेको बेला प्रहरीले उनको शरीर चेकजाँच गर्दा ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्यालय रामपुरको हिरासतमा राखेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्