०९ जेठ २०८३, शनिबार

उदयपुर सिमेन्ट उधोगका कर्मचारी तलब भत्ता नपाए पछी आन्दोलित , आज गरे पत्रकार सम्मेलन

कान्छो खवर । शुक्रबार, जेठ ०८, २०८३

गाईघाट   ८  जेष्ठ  ।

लामो समयदेखि तलब भत्ता नपाए पछी उदयपुर सिमेन्ट उद्योगका मजदुर कर्मचारी आन्दोलित भएका छन् । बिगत १४ महिनादेखि तलब भत्ता पाउन बाट बन्चित उनिहरुले शुक्रबार उधोगको मुल गेटमा पत्रकार सम्मेलन गर्दै आफुहरु आर्थिक रूपमा समस्यामा परेको जानकारी गराएका छन् ।

उधोग सन्चालन हुन नसक्दा अहिले आर्थिक संकट परेर कर्मचारी मजदुरलाई  जीवन निर्बाह गर्न समस्या भैरहेको उधोग संघर्ष समितिका देबेन्द्र झाले पत्रकार सम्मेलनमा उठान गरेका छन् ।सरकारले उधोग अबिलम्ब सन्चालन गरेर मजदुर कर्मचारीको समस्या तत्काल हल गर्नुपर्ने उनले बताए ।

उधोग सन्चालन नहुदा हामीले लामो समय देखि तलब भत्ता पाएका छैनौं ,कार्यालयमा काम पनि छैन । हाजिर गरने भन्दा कर्मचारीको अरु कुनै काम छैन । उनले भने ।

अब आन्दोलन गर्नुको अर्को विकल्प नभएको उनले बताए । नंया सरकार बाट हामीले आस त गरेका छौं तर उधोग चलाउने तर्फ अझै बाताबरण बनाउने काममा ढिलाइ भैरहेको उनले बताए ।

ब्यबस्थापनको कारण बिगत केहि बर्ष देखि उधोग आर्थिक संकटबाट गुज्रिदै आएको छ । उधोग संचालनको लागि आबस्यक  कच्चा पदार्थ खरिद गर्न रकम अभावले गर्दा एक बर्षदेखि उधोग बन्द रहेको छ ।

उद्योगले दिएको जानकारी अनुसार चालु बर्षको चैत मसान्तसम्म कर्मचारी , मजदुरको तलब भत्ता बापत झन्डै ८ करोड ८० लाख रुपैया भुक्तानी दिन बाकी रहेको छ ।

कर्मचारीको संचयकोष बापत ९ करोड ५३ लाख  ८९ हजार १३४ रुपैया ,  नागरिक कोष तर्फ ३ करोड ६९ लाख रुपैया जम्मा हुन बाकी रहेको छ भने कर्मचारीको बिमा बापत ६ करोड ७० लाख बुझाउन बाकी रहेको छ ।

उधोगले सुरक्षागार्डलाई १३ महिनाको तलब भत्ता बापत  २ करोड १३ लाख रुपैयाँ भुक्तानी दिन बाकी रहेको छ ।

जापान सरकारको अनुदान सहयोगमा निर्मित उदयपुर सिमेन्ट उधोगले २०४९ साल देखि ब्याबसायिक रूपमा सिमेन्ट उत्पादन सुरु गरेको थियो ।चरम भ्रष्टाचार , सरकारको उदासिनता , ब्यबस्थापनको कमजोरी र उधोगमा राजनैतिक हस्तक्षेपको कारण उद्योग धराशायी बन्न गएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्