०६ जेठ २०८३, बुधबार

बिना अनुमती खयरको रुख कटान गरेको आरोपमा समुहका अध्यक्ष पक्राउ

कान्छो खवर । मंगलबार, जेठ ०५, २०८३

गाईघाट  ५  जेष्ठ  ।

अनुमति बेगर सामुदायिक बनको खयर कटान गर्न लगाउने हिमचुली सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष नारायण थापा पक्राउ परेका छन् ।

डिभिजन बन कार्यालयको अनुमति बेगर थापाले ठेकेदार संग मिलेर २७ वटा खयरको रुख काटे पछी उनिमाथि बन कार्यालयले पक्राउ पुर्जी जारी गरेर मुद्दा  चलाएको थियोे ।  थापा फरार रहेकै अबस्थामा बन सुरक्षाकर्मीले आइतबार उनलाई पक्राउ गरेको हो ।

खयरको अबैध कटान भएको समाचार बाहिरीए पछी डिभिजन बन कार्यालय उदयपुरले छानबिन समिति बनाएर अनुसन्धान गरेको थियोे ।थापाले अनुसन्धान समितिलाई लिखत पत्र पठाएर आफुले गल्ती गरेको स्वीकार गरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्