०६ जेठ २०८३, बुधबार

गाजा सहित दुई महिला पक्राउ

कान्छो खवर । मंगलबार, जेठ ०५, २०८३

गाईघाट  ५  जेष्ठ  ।

प्रहरीले ६ केजी गाजा सहित दुई जनालाई पक्राउ गरेको छ ।उदयपुरगढी गाउपालिका ४ तितिरेबोट बाट मंगलबार बिहान सिरहाका लिलादेबि राम र अस्मिता रामलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सवारी साधन चेकजाचको क्रममा उनिहरुलाई पक्राउ गरिएको प्रहरीले उल्लेख गरे पनि कुन सवारी साधन बाट भन्ने कुरा खुलाएको छैन ।

पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याइएको र उनिहरुमाथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्