कान्छो खवर । शुक्रबार, जेठ ०१, २०८३
गाईघाट १ जेष्ठ ।
पत्रकार कौशल चेम्जोङको इतिहास सम्बन्धि दोस्रो पुस्तक बजारमा आएको छ । लामो समयको खोजी र अनुसन्धान पछी उनले लेखेको नेपालको इतिहासमा उदयपुर नामक पुस्तकको शुक्रबार एक कार्यक्रम बिच बिमोचन गरिएको छ ।
त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत र उपमेयर महेश्वरी राईले संयुक्त रूपमा पुस्तकको बिमोचन गरेका छन् । बिक्रम सम्बत १९००- २००७ साल सम्मको घटनाक्रम पुस्तकमा समेटिएको छ ।
खोजी अनुसन्धानको क्रममा भेटिएको शिलालेख , ताम्रापद , पुरानो दस्ताबेज , लिखत इतिहास सम्बन्धि पुस्तक , भने सुनेको कुरालाई आधार मानेर उदयपुरको इतिहास लेखिएको चेम्जोङले बताए ।
उनले यश अघि पनि उदयपुरको इतिहास नामक इतिहास लेखेका छन् ।पत्रकारिताको अलावा साहित्य र खोजमुलक अनुसन्धानमा चेम्जोङ सक्रिय रहेका छन् ।
यहाँ कमेन्ट गर्नुहोस्