३१ बैशाख २०८३, बिहिबार

३१ बैशाख २०८३, बिहिबार

निर्माण ब्यबसायीले प्रजिअ मार्फत सरकारलाई ज्ञापन पत्र बुझायो , मुल्य समायोजन नगरिए अब कुनै पनि निर्माण कार्यमा सहभागी हुन नसक्ने

कान्छो खवर । बिहिबार, बैशाख ३१, २०८३

गाईघाट  ३१  बैशाख  ।

नेपाल निर्माण ब्यबसायी संघ उदयपुरले हरेक निर्माण सामाग्रीको अप्रत्याशित रूपमा मुल्य वृद्धि भएको र सरकारले तत्काल मुल्य समायोजन गरिदिनु पर्ने भन्दै बिहिवार जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशी मार्फत बुझाएको ज्ञापनपत्रमा मध्य पुर्बमा जारी युद्धको कारण इन्धनको मुल्य वृद्धिले निर्माण सामाग्री , बिटुमिन लगायत निर्माण क्षेत्रका अन्य सामाग्रीको मुल्य बढेको कारण निर्माण ब्यबसायीले आर्थिक नोक्सानी ब्यहोर्नु परेकोले सरकारले मुल्य समायोजन गरि दिनु पर्ने आग्रह गरिएको छ ।

ज्ञापनपत्रमा भनिएको छ-अस्वभाविक मुल्य वृद्धि हुदा निर्माण उधोग ठप्प हुने अबस्थामा पुगेको स्थितीमा सबै किसिमको ठेक्काहरुमा मुल्य समायोजनको ब्यबस्था गरिदिन हुन सरकार समक्ष बारम्बार अनुरोध गरिएकोमा समस्या समाधान हुन नसकेको प्रति निर्माण ब्यबसायीको गम्भीर ध्यानाकर्षण रहेको उल्लेख छ ।

हालको परिस्थितिमा निर्माण ब्यबसायिले पुरानो इस्टिमेट तथा दररेटमा काम गर्न सक्ने अवस्था नरहेको , काम गरेको अनुपातमा आर्थिक नोक्सानी धेरै ब्यहोर्नु परेको अबस्थामा अब ब्यबसायीले कुनै पनि निर्माण कार्यमा सहभागी हुन नसक्ने ज्ञापन पत्र मार्फत अबगत गराइएको उल्लेख छ ।

ज्ञापन पत्रमा बैंक ग्यारेन्टी , इन्स्योरेन्स तथा क्षतिपुर्ती सहित सबै आयोजनाको म्याद थप र बजेट ब्यबस्थाकालागि उदयपुर निर्माण ब्यबसायी  संघ सरकारलाई अनुरोध  गर्ने उल्लेख छ ।

संघका अध्यक्ष कौसल आचार्यले प्रजिअ जोशीलाई ज्ञापन बुझाएका हुन् ।दिउसो संघका पदाधिकारी सहित निर्माण ब्यबसायी जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन गएका हुन् ।

यहाँ कमेन्ट गर्नुहोस्