२९ बैशाख २०८३, मंगलबार

बलात्कार मुद्दामा कैद सजाय पाएका फरार पुरुष पक्राउ

कान्छो खवर । मंगलबार, बैशाख २९, २०८३

गाईघाट  २९  बैशाख  ।

बलात्कार मुद्दामा अदालतबाट दोषी ठहर भै फरार रहेका एक पुरुष पक्राउ परेका छन् ।प्रहरीले सोमबार साझ त्रियुगा नगरपालिका ७ कौवाईका ७० बर्षिय दिलबहादुर मिरिचिङ मगरलाई पक्राउ गरेको हो ।

मगरलाई सडकमा हिडिरहेको बेला पक्राउ गरिएको प्रहरीले जनाएको छ ।बलात्कार मुद्दामा फरार रहेका उनलाई जिल्ला अदालत उदयपुरले दोषी ठहर गर्दै १० बर्ष कैद सजायको फैसला गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले विशेष सुराकीको आधारमा उनलाई पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनकोलागि मंगलबार अदालतमा लगिने प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्