कान्छो खवर । बिहिबार, बैशाख २४, २०८३
गाईघाट २४ बैशाख ।
ज्यान मार्ने उधोगमा फरार एक प्रतिबादी पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले बुधबार फरार प्रतिबादी ४४ बर्षिय प्रेम मगरलाई बेल्टार देखि बुधबार पक्राउ गरेको हो ।
जिल्ला अदालत उदयपुरले ज्यान मार्ने उधोगमा मगरलाई ५ बर्ष कैद सजाय तोकेको प्रहरीले जनाएको छ । उनी घटना लगत्तै फरार थिए ।
पक्राउ परेका प्रतिबादीको ठेगाना प्रहरीले खुलाएको छैन । फैसला कार्यान्वयनकोलागि मगरलाई बिहीबार जिल्ला अदालतमा बुझाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्