कान्छो खवर । सोमबार, बैशाख २१, २०८३
गाईघाट २१ बैशाख ।
लागूऔषध सहित तीन जना युबा पक्राउ परेका छन् ।ईलाका प्रहरी कार्यालय बेल्टारले प्र .०५ -००१ ह ०७९९ नम्बरको अटो रिक्सा चेकजाँचको क्रममा चौदण्डीगढी नगरपालिका ४ मेजर चौतारा देखि सोमबार दिउँसो ३ बजे सुनिल राई , बिपिन सुब्बा र सुजन श्रेष्ठलाई पक्राउ गरेको हो ।
प्रहरीले उनिहरुको साथ बाट प्रतिबन्धित लागूऔषध टर्माडोल ३५० , स्पासपेन १०० र स्पास्मो ४० गरि ४९० ट्याब्लेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
अटोमा आउदै गरेको उनिहरुलाई बिशेश सुराकीको आधारमा पक्राउ गरिएको हो । पक्राउ परेका उनिहरु सेबनकर्ता र लागूऔषधको कारोबारी रहेको खुल्न आएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्