कान्छो खवर । मंगलबार, बैशाख १५, २०८३
गाईघाट १५ बैशाख ।
उदयपुरमा आफैले बोकेको भरुवा बन्दुक पड्किएर एक युवक घाइते भएका छन् ।बेलका नगरपालिका ६ बबला बगुवाका ३० बर्षिय सुमन राई घाइते भएको प्रहरीले जनाएको छ ।
सोमबार साझ ६ बजेको समयमा राईले बोकेको भरुवा बन्दुक अचानक पड्किदा पेटमा गोलि लागेर राई घाइते भएकोले अहिले उनको धरानस्थित बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठानमा उपचार भैरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
राईले बन्दुक किन बोकेको भन्ने बारे प्रहरीले खुलाएको छैन । तर बदेलको सिकार गर्नको लागि राईले बन्दुक बोकेको हुन सक्ने स्थानियको भनाइ छ ।
प्रहरी उक्त बन्दुक नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
यहाँ कमेन्ट गर्नुहोस्