कान्छो खवर । सोमबार, बैशाख १४, २०८३
गाईघाट १४ बैशाख ।
उदयपुरको कटारी अस्पतालले गर्भवती महिलाहरुलाई ल्याब र भिडियो एक्सरे परिक्षण निशुल्क रूपमा गर्ने भएको छ । अस्पतालले यस्तो सेवा बुधबार देखि औपचारिक रूपमा सुरु गर्न लागेको हो ।
अस्पतालले उनिहरुलाई नियमित जाँच पहिले देखि नै निशुल्क गर्दै आएको छ ।अब भिडियो एक्सरे र ल्याब परिक्षण पनि निशुल्क रूपमा गर्ने अस्पतालका चिकित्सक गौरब साहले बताए ।
अस्पतालले सोम एक सूचना समेत प्रकाशित गर्दै गर्भवती महिलाले त्यस्तो सेवा पाउने जनाएको छ । बिमा गर्ने र नगर्ने दुबैको हकमा यस्तो सेवा लागू हुने जारी सूचनामा उल्लेख छ ।
बिमा नहुनेको हकमा कोशी प्रदेशका कार्यक्रम शीर्षक २२५२२ बाट सेवा पाउने छन् । सेवा लिन गर्भवती जाँच कार्ड बाहेक अन्य कुनै कागजात नपर्ने सूचनामा उल्लेख छ ।
यहाँ कमेन्ट गर्नुहोस्