०९ बैशाख २०८३, बुधबार

चेक अनादर मुद्दामा फरार घिमिरे पक्राउ

कान्छो खवर । बुधबार, बैशाख ०९, २०८३

गाईघाट  ९  बैशाख  ।

चेक अनादर मुद्दामा फरार एक अभियुक्त पक्राउ परेका छन् । झापामा दर्ता भएको उक्त मुद्दामा फरार त्रियुगा नगरपालिका ४ का ६३ बर्षिय ढुण्डीराज घिमिरे पक्राउ परेका हुन् ।

प्रहरीले घीमिरेलाई बुधबार दिउसो गाईघाट बजार देखि पक्राउ गरेको हो । घिमिरे पक्राउ बारे प्रहरीले बिस्तृत विवरण सार्वजनिक गरेको छैन ।उनी विरुद्ध चेक बाउन्समा प्रहरीमा उजुरी परेको थियोे तर कहिले र कस्ले उजुरी गरेको भन्ने बारे केहि खुलेको छैन ।

प्रहरी नियन्त्रणमा रहेको उनलाई झापा पठाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्