३० चैत्र २०८२, सोमबार

३० चैत्र २०८२, सोमबार

टिफरको चक्काले किच्दा राजाबासमा मोटरसाइकल चालकको मृत्यु

कान्छो खवर । सोमबार, चैत्र ३०, २०८२

गाईघाट  ३०  चैत ।

टिफरले किचेर राजाबासमा सोमबार बिहान मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मदन भण्डारी लोकमार्गको त्रियुगा नगरपालिका ९ राजाबासमा बा ५ ख ६१७ नम्बरको टिफर मुनी अनियंत्रित भै पसेको  मोटरसाइकललाई ठक्कर दिदा  पछिल्लो चक्काले किचेर मोटरसाइकल चालक सोही वडाको डाडा टोकका हरि दनुवारको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पसलको लागि मासु लिएर आउदै गरेको दनुवारले चलाएको मोटरसाइकललाई अर्को एक मोटरसाइकलले ओभरटेक गर्ने क्रममा दनुवारको मोटरसाइकललाई ठक्कर दनुवारको मोटरसाइकल बिपरित दिशा बाट आउदै गरेको टिफर मुनी अनियंत्रित भै छिरेको प्रत्यक्षदर्शीले  बिस्नु चौधरीले बताए ।

गाडी मुनी छिरेको मोटरसाइकल र चालकलाई पछिल्लो चक्काले किच्दा दनुवारको घटनास्थल मै मृत्यु भएको हो ।

प्रहरीले टिफर र चालकलाई नियन्त्रणमा लिएको छ ।उक्त गाडी ब्यबसायी ईश्वर खड्काको रहेकोे प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्