कान्छो खवर । बुधबार, चैत्र २५, २०८२
गाईघाट २५ चैत ।
उदयपुरको कटारी नगर क्षेत्र भित्रका सबै सामुदायिक तथा सस्थागत बिध्यालयमा शैक्षिक सत्र २०८३ देखि विद्यार्थीको पोशाकमा एकरूपता हुने भएको छ ।
कटारी नगरपालिकाले तोकेको पोशाक मात्र अब देखि बिध्यार्थिले लगाएर बिध्यालय आउनुपर्ने भएको छ । यस अघि बिध्यालयले छुट्टाछुट्टै स्कुल ड्रेसको ब्यबस्था गरेकोमा अब देखि बिध्यालयले आफुखुसि पोसाक लगाउन नपाइ नगरपालिकाले तोकेको पोसाक मात्र लगाउनु पर्ने छ ।
नगरपालिकाले नगरक्षेत्रका सबै सामुदायिक र सस्थागत बिध्यालयलाई आइतबार परिपत्र गर्दै बिध्यालयहरुको हाल कायम रहेकोे पोसाक खरिद नगर्न र नगराउन अनुरोध गरेको छ । परिपत्र र जारी सार्वजनिक सूचनामा अभिभावकलाई समेत पोसाक खरिद नगर्न भनिएको छ ।
शैक्षिक सत्र २०८३ बाट बिध्यार्थीको पोशाकमा समान मापदण्ड र एकरुपता कायम गर्ने निर्णय भए अनुसार अब नगरपालिकाले तोकिदिएको पोसाक मात्र लगाउनु पर्ने नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले बताए ।
अब केही दिन मै स्कुल पोसाकको कस्तो लगाउने बारे निर्णय गरेर सबै बिध्यालयलाई जानकारी गराउछौ ।उनले भने ।अब सबै बिध्यालयमा समानरूपमा पोसाक हुन उनलेे बताए ।