१९ चैत्र २०८२, बिहिबार

आजदेखि एसईई परिक्षा सुरु , परिक्षा सकिए लगत्तै उत्तरपुस्तिका परिक्षण गर्न थालियो

कान्छो खवर । बिहिबार, चैत्र १९, २०८२

गाईघाट  १९  चैत  ।

यो बर्षदेखि एसईई परिक्षाको उत्तरपुस्तिका परिक्षणलाई छिटोछरितो बनाई शीध्र नतिजा प्रकाशनकोलागि पहिलो दिनको परिक्षा सकिए लगत्तै परिक्षा केन्द्रमै  उत्तरपुस्तिका परिक्षण गरिएको छ ।

परिक्षाको पहिलो दिन बिहिवार भएको अङ्ग्रेजी बिषयको परिक्षाको उत्तरपुस्तिको परिक्षण सम्बन्धित परिक्षा केन्द्रमै गरिएको शिक्षा बिकास तथा समन्वय इकाई उदयपुरको प्रमुख भबानी कट्टेलले बताए ।

शिक्षा , बिज्ञान तथा प्रबिधि मन्त्रालयको निर्देशनमा रास्ट्रीय परिक्षा बोर्डले समयमै एसईईको परिक्षाफल निकाल्ने तयारी अनुरुप यो बर्ष देखि परिक्षा सकिए लगत्तै उत्तरपुस्तिका परिक्षण गरिएको प्रमुख कट्टेलले बताए ।

रास्ट्रीय परिक्षा बोर्डले कार्यतालिका बनाएर देश भरीनै सर्कुलर गरेको र सो अनुरुप परिक्षा केन्द्रमै उत्तरपुस्तिका परिक्षण गर्ने ब्यबस्थापन मिलाइएको  उनले बताए ।

उनले यो बर्ष उदयपुरमा २० वटा परिक्षा केन्द्र रहेको बताए ।सामुदायिक बिध्यालय तर्फ १ सय १६ वटा र सस्थागत तर्फ ४३ बिध्यालय बाट ५ हजार ६१२ जना बिध्यार्थीहरुले परिक्षा दिदै छन् ।

परिक्षा सप्पन्न भएको बढीमा तीन दिन भित्र उत्तरपुस्तिका परिक्षण सम्पन्न गरि एक महिना भित्र नतिजा सार्वजनिक गरि सक्नु पर्ने निर्देशिका जारी भए पछी सोही अनुरुप काम गरिएको उनले बताए ।

बिगतमा एसईईको उत्तरपुस्तिका जिल्लास्थित शिक्षा बिकास तथा समन्वय इकाईको समन्वयमा  संकलन गरि जिल्ला तथा प्रदेशमा परिक्षण गरीने गरिएको थियोे ।

 

यहाँ कमेन्ट गर्नुहोस्