कान्छो खवर । बिहिबार, चैत्र १९, २०८२
गाईघाट १९ चैत ।
सरकारी कार्यालयहरुको सूचना सरकारी सन्चार माध्यममा मात्र प्रकाशन र प्रसारण गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले परिपत्र गरे पछी निजि क्षेत्र बाट संचालित मिडिया हाउस र बिज्ञान एजेन्सी बन्द हुने अबस्थामा पुगेको छ ।
मन्त्री परिषदले निर्णय गरेर चैत १८ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय बाट गरिएको उक्त परिपत्रले अब निजि क्षेत्रमा संचालित सबै दैनिक पत्रीका सरकारी सूचनाको अभावमा बन्द हुने अबस्थामा पुगेको हो ।
सरकारी खर्चमा मितब्ययिता कायम गर्न , बिज्ञापन तथा सूचना प्रकाशन र प्रसारण एकरुपता ल्याउन र पारदर्शिता ल्याउन सरकारी स्वामित्वको सन्चार माध्यमहरुको प्रबर्द्धन गर्ने उदेश्य रहेकोे परिपत्रमा उल्लेख छ ।
परिपत्रमा सूचना दिने तेस्रो पक्ष बिज्ञापन एजेन्सी मार्फत नगरी सिधै सरकारी सन्चार माध्यमलाई सूचना उपलब्ध गराइ बिज्ञापन बापत भुक्तानी गरिने रकम समेत सिधै सन्चार माध्यममा पठाउन उल्लेख छ ।
शाही साशनमा समेत सरकारले यस्तो निर्णय गरेको थिएन , अहिले बालेन सरकारले निजि क्षेत्रका मिडिया हाउस र हजारको संख्यामा रहेको बिज्ञापन एजेन्सीको घाँटी रेट्ने काम गरेको उपहार मिडिया हाउसका सन्चालक बिश्व तामाङले बताए ।
सरकारले निजी क्षेत्रका मिडिया हाउसलाई बन्द गराउने र निरंकुश शासन चलाउने तयारी गरिरहेको तामाङले बताए । उनले सरकारले तत्काल निर्णय फिर्ता लिएर निजि क्षेत्रका पत्रपत्रिकालाई बाच्ने आधार बनाइदिनु पर्ने उनको भनाइ छ ।