१२ पुष २०८२, शनिबार

नेपाल महिला संघ उदयपुरका सस्थापक सदस्य चौधरीको निधन

कान्छो खवर । शुक्रबार, पुष ११, २०८२

गाईघाट  ११  पौष  ।

नेपाल महिला संघ उदयपुरकी  सस्थापक सदस्य नन्दबती चौधरीको शुक्रबार बिहान निधन भएको छ ।

त्रियुगा नगरपालिका  ३ मोतिगडा निबासी चौधरीको ७६ बर्षको उमेरमा   निधन भएको हो । स्वास प्रस्वास रोग बाट ग्रसित चौधरी बिगत केहि बर्ष देखि अशक्त थिइन् ।

नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल  महिला संघ उदयपुरको २०४८ सालमा भएको पहिलो तदर्थ समितिमा चौधरी सदस्य भएर काम गरेकी थिइन् । उनी लामो समय देखि पार्टीमा कृयासिल भएर काम गर्दै आएको भए पनि बिगत ७ बर्ष देखि बिरामी भएर घरमै बस्दै आएकी थिइन् ।

चौधरीको श्रीमान, एक छोरा रहेका छन् ।उनको आजै थारु परम्पराअनुसार  अनुसार दाहसंस्कार गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्