०५ पुष २०८२, शनिबार

दाइले गरे भाईको हत्या , हत्या पछी दाइ फरार

कान्छो खवर । शनिबार, पुष ०५, २०८२

हत्या आरोपी युबराज

गाईघाट  ५   पौष ।

आपसी विवादमा दाजुले धारिलो हतियार प्रयोग गरेर आफनै भाईको सनिवार बिहान हत्या गरेका छन् ।

त्रियुगा नगरपालिका  १ जोगिदह हाटखोलाका ४३ बर्षिय युबराज राईले भाइ ३० बर्षिय धर्मराज राईलाई बिहान २ बजेको समयमा खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।

दाजुले आमालाई कुटपिट गरेको बिषयमा आपसमा भएको बिबाद पछी भाइ माथि युबराजले खुकुरी प्रहार गरि गम्भीर घाइते बनाएका थियो । गम्भीर रूपमा घाइते उनको जिल्ला अस्पतालमा उपचारको २.५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घटना पछी फरार युबराजको प्रहरीले खोजी कार्य जारी राखेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्