०४ पुष २०८२, शुक्रबार

समाजसेबी तुलसा बान्तवाको निधन

कान्छो खवर । शुक्रबार, पुष ०४, २०८२

गाईघाट  ४  पौष  ।

समाजसेबी तुलसा बान्तवाको गए राति निधन भएको छ ।त्रियुगा नगरपालिका ११ बिपि टोल निबासी बान्तवाको ९२ बर्षको उमेरमा राति ९ बजे निज निवासमा निधन भएको पारिबारिक स्रोतले जनाएको छ ।

पन्चायतकालमा विभिन्न पदमा रहेर काम गरेकी बान्तवा २०३७ सालमा नेपाली महिला संगठन उदयपुरको सभापति बनेकी थिइन् ।पन्चायत ब्यबस्थाको अन्त पछी भने बान्तवा सकृय राजनीति छाडेर समाजसेवामा लागेकी थिइन् ।

पाको उमेरको कारण हिडडुलमा समस्या भए पछि बिगत केहि बर्ष देखि बान्तवा घरमै बिरामी अबस्थामा थिइन् ।

यहाँ कमेन्ट गर्नुहोस्