कान्छो खवर । आइतबार, मंसिर २९, २०८२
गाईघाट २८ मंसिर ।
चालक पक्राउको माग राख्दै स्थानिय द्वारा अबरुद्ध मदन भण्डारी लोकमार्ग अन्तरगत रामपुर सडक खण्ड आज दिउसो ४.३० बजेदेखि सुचारू भएको छ ।
बेलका ३ कालिखोलाका १९ बर्षिय समीर माझीको शुक्रबार साझ ५ बजे ट्याक्टरको ठक्करबाट मृत्यु भए पचि फरार रहेका चालकलाई पक्राउ गरि कारबाही गर्नुपर्ने माग राखी पीडित परिवार र स्थानिय बासिन्दाले आइतबार दिउसो देखि सडकमा टायर बालेर सडक अबरुद्ध गरेका थिए ।
घटना पछी फरार रहेका चालक बेलका ३ का २२ बर्षिय बिशाल पाण्डेलाई प्रहरीले दिउसो पक्राउ गरे पछि अबरुद्ध सडक सुचारू भएको प्रहरीले जनाएको छ ।
बेलका ३ नंया टोल स्थित रामपुर – भागलपुर सडक खण्डमा शुक्रबार साझ ट्याक्टरको ठक्कर बाट माझीको मृत्यु भएको हो ।पक्राउ परेका चालक ट्याक्टर धनी बिक्रम पाण्डेका छोरा रहेको प्रहरीले जनाएको छ ।चालक पाण्डेको चालक अनुमति पत्र नरहेकोले ऊनी भागेको स्थानिय बताएका छन् ।