०४ कार्तिक २०८२, सोमबार

कटारीमा मोटरसाइकल दुर्घटनामा परि एक युवाको मृत्यु

कान्छो खवर । सोमबार, कार्तिक ०४, २०८२

गाईघाट  ३  कार्तिक  ।

मोटरसाइकल दुर्घटनामा परि सोमबार बिहान एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।कटारी नगरपालिका ४ कुकुर खोलाको पुल स्थित मदन भण्डारी लोकमार्गमा सोमबार राति १०.२० बजेको समयमा भएको दुर्घटनामा दुई जना घाइते भएकोमा एकको उपचारको क्रममा प्रादेशिक अस्पताल कटारीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार कटारी नपा ४ तल्लो कटारी बस्ने अन्दाजी १६ बर्षिय सम्राट खडा रहेका छन् ।गम्भीर घाइते उनलाई अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा घाइते अर्का ब्यक्ति सोही वडा सिम्लेका १८ बर्षिय राजमणी कटुवाललाई प्रादेशिक अस्पताल कटारीमा प्रारम्भिक उपचार पछी बिराटनगर स्थित न्युरो अस्पतालमा रेफर गरिएको छ ।

कटारी देखि सिन्धुली तर्फ जादै गरेको बागमती प्रदेश ०२ -०५४ प ६९९० नम्बरको मोटरसाइकल आफैं अनियंत्रित हुदा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।मोटरसाइकल कस्ले चलाएको भन्ने बारे केही नखुलेको र दुर्घटनाको अनुसन्धान भैरहेको एसपि राजन चापागाईंले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्