कान्छो खवर । मंगलबार, आश्विन २८, २०८२

गाईघाट २८ असोज ।
प्रहरीले अटो रिक्सामा सवार एक युवाले बोकेको झोलाबाट ठुलो परिणाममा लागूऔषध बरामद गरेको छ ।
प्र १ -०५-००१ ह ०१४७ नम्बरको अटो रिक्सामा सवार उदयपुरको त्रियुगा नगरपालिका ७ का दिपक मगरले बोकेको झोला बाट सोमबार साझ धरान प्रहरीले ३ हजार ३ सय ९० ट्याबलेट ट्रामाडोल र ३ हजार ३ सय ९० ट्याबलेट डिकोलिक नामक लागूऔषध बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
धरान देखि गाईघाट तर्फ आउदै गरेको उक्त अटोलाई रेल्बे लाईन अस्थाई प्रहरी चौकी बाट खटिएका प्रहरीले शंका लागेर चेकजाँच गर्ने क्रममा उक्त परिणामको लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले मगर र अटो चालक त्रियुगा नपा १० का ३३ बर्षिय फिरोज मोहम्मदलाई नियन्त्रणमा लिएको जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्