कान्छो खवर । सोमबार, आश्विन २७, २०८२

गाईघाट २७ असोज ।
मदन भण्डारी राजमार्ग अन्तरगत उदयपुरगढी गाउपालिका ७ अधेरीमा सोमबार बिहान सडकमा गुडिरहेको अबस्थामा एक कारमा आगलागी भएको छ ।
इलाम देखि काठमाडौ तर्फ जादै गरेको बा ९ च ८६६८ नम्बरको फोर्ड कम्पनीको भिगो कारमा बिहान ९.५० बजेको समयमा अचानक आगो लागेर जलेको प्रहरीले जनाएको छ । आगलागी बाट कार पुर्ण रूपमा जलेर नस्ट भएको छ ।
कार चालक इलाम चुलाचुली गाउपालिका ५ का प्रेमकुमार सेन्चुरीका ७ बर्षिय छोरा आरोन सामान्य घाइते भएका छन् ।कारमा सवार प्रेमका श्रीमती अनिता र अर्का छोरा आयुश सकुशल रहेकोे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्