कान्छो खवर । बुधबार, आश्विन २२, २०८२

गाईघाट २२ असोज ।
जेन्जी आन्दोलनको क्रममा सुनसरीको झुम्का कारागारबाट फरार भएका एक कैदि झुन्डिएको अबस्थामा फेला परेका छन् ।
उदयपुरको त्रियुगा नगरपालिका ८ शाही खोलाका ३५ बर्षिय गम्भीर बहादुर दनुवार आफनै घरदेखि झन्डै १०० मिटर टाढा रहेकोे सिसौको रुखमा झुन्डिएको अबस्थामा मंगलबार फेला परेको प्रहरीले जनाएको छ ।
कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सुनसरी जिल्ला अदालतले २०७७ चैत १३ गते उनलाई २० बर्ष कैद सजाय तोकेको प्रहरीले उल्लेख गरेको छ ।झुम्का कारागारमा कैद भुक्तानी गरिरहेको अबस्थामा दनुवार भदौ २४ गते कारागार देखि भागेका थिए ।
प्रहरीले शबको कानुनी प्रक्रिया पूरा गरि आफन्तलाई बुझाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्