२८ आश्विन २०८२, मंगलबार

बाढीले हायस गाडी बगाउँदा बेपत्ता एक महिला मृत अबस्थामा फेला , २२ यात्रुहरुको उद्घार

कान्छो खवर । आइतबार, आश्विन १९, २०८२

गाईघाट  १९  असोज  ।

बाढीले गाडी बगाउदा बेपत्ता एक यात्री मृत अबस्थामा आइतबार बिहान फेला परेका छन् ।

उदयपुरको बेलका नगरपालिका ४ लाल बजार नजिकैको खहरे खोलामा निर्मित कजवेमा बर्षाको कारण आएको बाढीले सनिवार राति हायस गाडीलाई बगाउदा बेपत्ता भएकी मोरङ सुन्दर हरैचाकि ४० बर्षीया मन्जु अधिकारीको शब बगाएको ठाउ देखि झन्डै १ किमि तल धान खेतको भलमा बिहान भेटिएको प्रहरीले जनाएको छ ।

मोरङ देखि काठमाडौ तर्फ जादै गरेको बा ४ ख १६२८ नम्बरको हायस गाडी बाटो बन्द भएको कारण सिन्धुलीको भिमानबाट फर्किदै गरेको अबस्थामा राति १२ बजेको समयमा कजवेमा आएको बाढीले बगाएको प्रहरीले जनाएको छ ।राति नै गाडी बगाएको जानकारी आए लगत्तै ईलाका प्रहरी कार्यालय रामपुर देखि आएको प्रहरी टोलीले गाडीमा रहेका चालक सहित २२ जना यात्रुहरुको उद्घार गरेको एसपि राजन चापागाईंले बताए ।

गाडी बगाएको खबर आए लगत्तै सई टीका निरौलाको कमान्डमा गएको प्रहरी टोलिले गाडीका भित्र र बाढीले बगाउदै गरेको सबै यात्रीहरुलाई सकुशल उद्घार गरेको उनले बताए ।

एक जना महिला यात्रीलाई बगाएको भन्ने जानकारी हुन साथ रातभरि नै खोजी जारी राखेको तर उनको शब बिहान फेला परेको उनले बताए ।

चालकले कजवेको बाढीलाई हल्का रूपमा लिएकोले गर्दा उक्त दुर्घटना हुन गएको अनुमान गरिएको छ ।बगाएको गाडीलाई स्थानिय बासिन्दाको सहयोगमा बिहान निकालिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्