कान्छो खवर । मंगलबार, आश्विन १४, २०८२

गाईघाट १४ असोज ।
खोटाङमा मंगल दिउसो चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।हावा हुरी र बर्षा संगै परेको चट्याङ लागेर साकेला गाउपालिका २ रतन्छा मुलखर्कका ६७ बर्षिय धिराज राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरमै बसिरहेको बेला दिउसो २ बजे तिर चट्याङ पर्दा उनको तत्काल मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङबाट राईकि श्रीमती समेत केहि बेर बेहोस भएकी थिइन् ।तर अहिले उनको अबस्था सामान्य रहेको छ ।
चट्याङको कारण राईको घरमा रहेकोे बिधुतिय सामाग्रीहरु जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्