२८ भाद्र २०८२, शनिबार

गाईघाट , कटारी , चौदण्डिगढी र बेलकामा कर्फ्यु

कान्छो खवर । बिहिबार, भाद्र २६, २०८२

कर्फ्युमा सुनसान गाईघाट

गाईघाट  २६  भदौ  ।

स्थानिय प्रशासनले बिहिवार साझ  ७ बजे देखि बजार क्षेत्रमा कर्फ्यु  लगाएको छ । नेपाली सेनाले अहिले गाईघाट बजारमा गस्ती गरिरहेका छन् ।

कर्फ्यु अबधि भर सभा सम्मेलन , बिरोध प्रदर्शन  , जुलुस  बैठक गर्न  रोक लगाईएको छ । कर्फ्यु  शुक्रबार बिहान ५ बजे सम्मको लागि लगाइएको प्रमुख जिल्ला अधिकारी प्रेम लुइँटेलले बताए ।

शान्ति सुरक्षालाई मध्य नजर गर्दै स्थानिय प्रशासनले जिल्लाको कटारी , चौदण्डिगढी र बेलका नगरपालिकामा समेत आज साझ ७ बजे देखि भोलि बिहान ५ बजे सम्मको लागि कर्फ्यु लगाएको छ ।

कर्फ्युको कारण अहिले बजार क्षेत्र सुनसान बनेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्