२८ आश्विन २०८२, मंगलबार

काठमाडौको जेन-जी आन्दोलनमा उदयपुरका एक युवकको समेत मृत्यु

कान्छो खवर । मंगलबार, भाद्र २४, २०८२

गाईघाट  २४  भदौ  ।

जेनजीले सोमबार काठमाडौमा गरेको आन्दोलनमा प्रहरीले चलाएको गोलि लागेर उदयपुरका एक युवकको समेत मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेलका नगरपालिका ४ हरिपुरका प्रबे बिकका  २७ बर्षिय छोरा संतोष बिक रहेकोे वडा अध्यक्ष तिर्थ अधिकारीले बताए ।

काठमाडौ बसेर कलाकारिता गर्दै आएका उनी पनि जेनजी आन्दोलनमा गएका थिए ।उनको टाउकोमा गोलि लागेर मृत्यु भएको अधिकारीले बताए ।मृतक बिक केही समय अघि मात्र काठमाडौ गएका थिए ।उनलेे केहि म्युजिक भिडियो समेत बनाएका छ्न।

आन्दोलनको क्रममा उनको मृत्यु भएको मंगलबार मात्र घर परिबारले जानकारी पाएका थिए ।वडा अध्यक्ष अधिकारीले  बिकको मृत्युको खबरले अहिले सिङ्गो गाउँ शोकमा डुबेको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्