कान्छो खवर । बिहिबार, साउन २३, २०८२

गाईघाट २२ साउन ।
प्रहरीले ९ केजी गाजा सहित एक युवालाई पक्राउ गरेको छ । झोलामा लुकाएर लादै गरेको अबस्थामा बेलका नगरपालिका ३ मोरङगे टोलका ३५ बर्षिय सुनिल श्रेष्ठलाई बुधबार दिउँसो बेलका १ आम्बासीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका श्रेष्ठ रामपुर ठोक्सिलादेखि प्रदेश १-०६-००१ प९४७८ नम्बरको मोटरसाइकलबाट सप्तरीको फत्तेपुर बजार तर्फ जादै थिए ।प्रहरी बिट भागलपुरका प्रहरी टोलिले शंका लागेर श्रेष्ठको झोला खानतलासी गर्दा गाजा बरामद भएको एसपि हरिहरनाथ योगीले बताए ।
पक्राउ परेका श्रेष्ठ र मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय रामपुरमा राखिएको प्रहरीले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्