कान्छो खवर । बिहिबार, साउन ०२, २०८२

गाईघाट १ साउन ।
प्रहरीले लागूऔषध सहित एक युबतीलाई पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय रामपुरले बुधबार बेलका नगरपालिका ८ की २१ बर्षीया रेजिना राईलाई लागूऔषध ट्रामाडोल ७६ क्याप्सुल सहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी उपरीक्षक दिपक पोख्रेलले बताए ।
पक्राउ परेकी राई लागूऔषध सेबनकर्ता रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।लागूऔषधको अबैध कारोबार भैरहेको सूचना पाए लगत्तै प्रहरी टोलि पुगेर उनलाई घर बाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले राईलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ ।
यहाँ कमेन्ट गर्नुहोस्