११ आषाढ २०८२, बुधबार

चौदण्डिगढीको अमलचौरीमा दुई जनाको शब फेला

कान्छो खवर । बुधबार, आषाढ ०४, २०८२

गाईघाट  ४  असार  ।

उदयपुरको चौदण्डिगढी नगरपालिका ४ अमलचौरीमा बुधबार बिहान दुई जनाको शब फेला परेको छ । बाटोमा लडिरहेको अबस्थामा र रुखमा झुन्डिएको अबस्थामा युवा युबतीको शब फेला परेको प्रहरीले जनाएको छ ।

शब स्थानिय २८ बर्षिय रबिन राई र १४ बर्षिया मन्जु राईको रहेकोे खुलेको छ । मन्जुको शब अमलचौरी गाउको बीच बाटोमा लडिरहेको अबस्थामा भेटिएको र रबिनको शब मन्जुको शब देखि झन्डै १ सय मिटर तल आपको रुखमा झुन्डिएको अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बबिन राईले बताए ।

बिहान बाटो हिड्ने बटुवाहरुले दुई जनाको शब देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अहिले शबको मुचुल्का उठाएर पोस्टमार्टमको लागि धरानस्थित बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठान लगिएको जनाएको छ ।

मृतक दुबै जना प्रेममा रहेको खुल्न आएको छ ।किशोरी स्थानिय सिहदेबि माध्यमिक बिध्यालयमा कक्षा १० मा अध्यनरत थिइन् भने युवा काठमाडौ देखि केहि दिन अधि मात्र घर आएका थिए  ।

दुबै जनाले के कारणले आत्महत्या भन्ने बारे केहि खुलेको छैन ।प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको एसपि हरिहरनाथ योगीले बताए  ।

यहाँ कमेन्ट गर्नुहोस्