११ आषाढ २०८२, बुधबार

गर्मिको कारण त्रियुगा नगरपालिकाका सबै बिध्यालयहरु दुई दिन बन्द गरिने

कान्छो खवर । बुधबार, जेठ २९, २०८२

गाईघाट  २८  जेष्ठ  ।

त्रियुगा नगरपालिकाले गर्मी बढेको कारण देखाउदै बिहीवार र शुक्रबार दुई दिन सामुदायिक र सस्थागत बिध्यालय बन्द गर्ने निर्णय गरेको छ ।

बुधबार मेयर बसन्त बस्नेतको नाममा जारी गरेको सार्बजनिक सूचनामा गर्मीको कारण बिध्यार्थिहरुको पठनपाठन र गतिविधिमा कठिनाइ भएको र उनिहरुको स्वास्थ जोखिमलाई मध्य नजर गर्दै नगर क्षेत्रका सबै बिध्यालयको पठनपाठन दुई  दिनकोलागि बन्द गर्ने निर्णय गरिएको जानकारी गराइन्छ भनिएको छ ।

सूचनामा पछी बिध्यालयको बर्खे बिदाबाट कट्टा गरिने भनिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्