०३ जेठ २०८२, शुक्रबार

लागूऔषध सहित एक युवा पक्राउ

कान्छो खवर । बुधबार, जेठ ०१, २०८२

गाईघाट  ३१  बैशाख  ।

प्रहरीले लागूऔषध सहित एक युवकलाई पक्राउ गरेको छ ।लहानदेखि गाईघाट तर्फ आउदै गरेको ना १ ज ६८९३ नम्बरको विङ्गर गाडी चेकजाँचको क्रममा मंगलबार साझ ७.२० को समयमा सोही गाडीमा रहेका त्रियुगा नगरपालिका १३ का २१ बर्षिय पारस राई २७ एम्पुल लागूऔषध सहित पक्राउ परेका हुन ।

लालपत्ता प्रहरी चौकीका प्रहरी सुरक्षाकर्मीको टोलीले गाडी चेकजाँच गर्ने क्रममा राईको साथबाट डाइजेपाम , फेनारगन र बुप्रीनोर्फिन २७ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोष कार्कीले बताए ।

राई विरुद्ध लागूऔषध मुद्दा चलाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्