०१ जेठ २०८२, बुधबार

बेल्हा आधारभूत बिध्यालयका दस दृष्टिबिहिन बालबालिकालाई नेत्रज्योति संघ उदयपुरको शैक्षिक सामाग्री सहयोग

कान्छो खवर । मंगलबार, बैशाख ३०, २०८२

गाईघाट  ३०  बैशाख  ।

नेपाल नेत्रज्योति संघ  मदन भण्डारी आखा अस्पताल उदयपुरले  आधारभूत बिध्यालय सिबाई बेल्हाका १० जना दृष्टिबिहिन बिध्यार्थीहरुलाई मंगलबार शैक्षिक सामाग्री बितरण गरेको छ ।

दृष्टिबिहिन तथा अपाङ्गता भएका बालबालिकाहरु संग पर्याप्त शैक्षिक सामाग्री नभएको अबस्थामा ब्रेलपेपर र अन्य ब्रेल शैक्षिक सामाग्रीहरु बिध्यालय परिसरमा आयोजित कार्यक्रममा आँखा अस्पतालका अध्यक्ष भागबत राउतले  उनिहरुलाई बितरण गरेका हुन् ।

बिध्यालयका प्रअ भास्कर चौधरीले स्रोत कक्षा १ देखि ९ कक्षामा अध्यनरत १० जना बालबालिकालाई नेत्रज्योति संघले उपलब्ध गराएको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्