२७ बैशाख २०८२, शनिबार

चट्याङ परेर कटारीमा एक बालकको मृत्यु

कान्छो खवर । मंगलबार, बैशाख २३, २०८२

गाईघाट  २३  बैशाख  ।

उदयपुरको कटारीमा चट्याङ लागेर सोमबार साझ एक बालकको मृत्यु भएको छ ।सोमबार दिउँसो हावा हुरी र बर्षा संगै परेको परेको चट्याङ लागेर बाख्रा चराउदै गरेका कटारी नगरपालिका ८ फुलबारीका १३ बर्षिय  चित्रबहादुर बलम्पाकी मगरको मृत्यु भएको हो ।

दिउँसो बाख्रा चराउन गएका मगर साझ अबेर सम्म पनि घर नफर्किए पछी बुवा मानबहादुर छोराको खोजीमा गएका थिए , बनमा बाख्रा चराईरहेको स्थानमा भुइँमा ढलीरहेको अबस्थामा बालकको शब फेला परेको वडा अध्यक्ष नवीन तामाङले बताए ।

जंगलमा भुइँमा लडिरहेको अबस्थामा छोरालाई बाबुले फेला पारेको उनले बताए । शरीर डडेको अबस्थामा बालकलाई मृत अबस्थामा भेटिएको उनले बताए ।

प्रहरीले बालकको बारे अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यालय कटारीका डिएसपी कमल बजगाईले बताए ।मृतकको शब पोस्टमार्टमकोलागि अस्पतालमा राखिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्