२७ बैशाख २०८२, शनिबार

जिल्ला अस्पताल उदयपुरका चिकित्सकलाई दुव्र्यवहार गरेको आरोपमा एक युवा पक्राउ

कान्छो खवर । मंगलबार, बैशाख २३, २०८२

गाईघाट  २३ बैशाख ।

जिल्ला अस्पताल उदयपुरमा कार्यरत एक चिकित्सकलाई दुव्र्यवहार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।

अस्पतालमा कार्यरत रेडियोलोजिस्ट दिपेश यादवलाई सोमबार दिउसो उनकै कार्यकक्षमा गालिगलौज गर्दै दुव्र्यवहार गर्ने चौदण्डिगढी नगरपालिका ९ का  ३३ बर्षिय देबराज बिष्टलाई प्रहरीले पक्राउ गरेको हो ।

खाजा खाएर कार्यकक्षमा पस्ने बितिकै म माथी तथानाम गाली गालिगलौज गर्दै दुव्र्यवहार गरियो , चिकित्सक यादवले भने । मेरो कोठामा लात्ती हान्दै पसेका उनले किन ढिलो गरिस भन्दै बिष्टले गाली गरेको उनले बताए ।

मेरा चेम्बर बाहिर बिस जना जति बिरामी रहेछन् , म निर्धारित समयमा नै पुगेको थिए ।बिरामी हेर्न कोठा भित्र पसेर नाम बोलाउने क्रममा दुव्र्यवहार भएको उनले बताए ।

यादव माथि दुव्र्यवहार भए लगत्तै अस्पताल प्रशासन मार्फत प्रहरीलाई घटनाको जानकारी गराए पछी प्रहरीले बिष्टलाई अस्पताल परिसरबाट पक्राउ गरेको चिकित्सक यादवले बताए ।

घटना लगतै अस्पतालको तर्फबाट जिल्ला प्रहरी कार्यालयमा दुव्र्यवहार गर्ने बिष्टलाई कारबाहीको माग गर्दै प्रमुख सुपरिटेन्डेन्ट डा. बीरेन्द्र मण्डलले लिखित रूपमा उजुरी दिएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्