२७ बैशाख २०८२, शनिबार

लागूऔषध सहित एक युवा पक्राउ

कान्छो खवर । शनिबार, बैशाख २०, २०८२

गाईघाट २०  बैशाख  ।

प्रहरीले लागूऔषध सहित एक युबालाई पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा त्रियुगा नगरपालिका १० का २१ बर्षिय अनमोल राई शुक्रबार साझ पक्राउ परेका हुन् ।

प्रहरीले राईको घर खानतलासी गरेर २ सय ५९ ग्राम गाजा र कोलिबन र ट्रामाडोल ७ सय ३६ ट्याबलेट समेत बरामद गरेको प्रहरीले जनाएको छ ।पक्राउ परेका लागूऔषध सेबनकर्ता र कारोबारी रहेकोे कोसी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

प्रहरीले राईलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्