२७ बैशाख २०८२, शनिबार

कटारीको सोमबारेमा भएकोको स्कारपियो दुर्घटनामा एकको मृत्यु अन्य ६ जना घाइते

कान्छो खवर । बिहिबार, बैशाख १८, २०८२

गाईघाट  १८  बैशाख  ।

कटारीको सोमबारेमा बिहिवार दिउसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।अन्य ६ जना घाइते भएका छ्न ।

कटारी नगरपालिका ६ सोमबारेस्थित मदन भण्डारी लोकमार्ग मा चितबनदेखि झापा तर्फ आउदै गरेको मे १ च ३०४० नम्बरको स्कारपियो गाडी आफै अनियंत्रित भै सडकको साइडमा लगाएको फलामे ट्रस्ट बेरीयरमा ठक्कर खाएर दुर्घटना हुँदा झापा दमक नगरपालिका ३ का ५५ बर्षिय माधब बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर रूपमा घाइते बस्नेतलाई उपचारकोलागि प्रादेशिक अस्पताल कटारी लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।दिउसो ४ .१० मा भएको उक्त दुर्घटनामा परी गाडीमा सवार झापा दमकका गाडी चालक बर्ष ३८ का देबेन्द्र तामाङ , बर्ष ४९ का राजेन्द्रप्रसाद भण्डारी , बर्ष ४५ का ज्ञानेन्द्र गौतम , बर्ष ५४ का कमल श्रेष्ठ ,बर्ष ३८ का नवीन खतिवडा र बर्ष ५४ का भुबन दाहाल घाइते भएको ट्राफिक प्रहरी असई तिलक पौडेलले बताए ।

घाइते सबैको कटारी अस्पतालमा उपचार भैरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्