कान्छो खवर । आइतबार, बैशाख १४, २०८२

गाईघाट १४ बैशाख ।
गाईघाटदेखि बिराटनगर जादै गरेको यात्रुबाहक बस आइतबार दिउसो सप्तरीको कंचनपुरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
प्रदेश १ -०१- ००१ ख ३४२० नम्बरको डल्फिल यातायातको बस कंचनपुर नगरपालिका १० बदगामामा अनियंत्रित भै दुर्घटना हुदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेको पहिचान खुलेको छैन । दुर्घटनामा एक महिला र एक पुरुषको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
बिहान ९.३० बजे बिराटनगरकोलागि छुटेको उक्त बस गाईघाट ,हडिया -फत्तेपुर हुँदै नियमित चल्ने गरेको गाईघाट बस काउन्टरका कर्मचारी हुलास चौधरीले बताए ।
डिएसपी माधब काफ्लेले गाडीमा च्यापिएर मृत्यु भएका उनिहरुको शब राजबिराज अस्पतालमा ल्याइएको बताए ।दुर्घटनामा अन्य ६ जना घाइते छन् । घाइते सबैलाई अस्पतालमा उपचारकोलागि लगिएको उनले बताए ।
तीब्र गतिमा जादै गरेको बस आफै अनियंत्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।