२१ आषाढ २०८२, शनिबार

मदन भण्डारी राजमार्गको चियाबारी सडक खण्ड बढी सवारी दुर्घटना हुने क्षेत्र

कान्छो खवर । शुक्रबार, आषाढ ०८, २०८१

गाईघाट ७ असार ।

मदन भण्डारी राजमार्गको उदयपुरगढी गाउपालिका ६ को गैहा देखि उदयपुरगढी ७ को जोगिटो सम्मको सडक खण्डमा बढी मात्रामा सवारी दुर्घटना हुने गरेको छ ।सागुरो मोड र सडक बढी घुम्ती भएको कारण उक्त खण्डमा बढी सवारी दुर्घटना भैरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

अहिले सम्म भएको सवारी दुर्घटना मध्य ६० प्रतिशत भन्दा बढी यसै क्षेत्रमा भएको स्थानिय नारायण कार्कीले बताए । उनले यो सडक खण्ड मा आइरहेको सवारी साधनले ओरालो र घुम्ती मोड थाहा नपाउदा धेरै जसो सवारी दुर्घटना भएको ट्राफिक प्रहरी असई तिलक पौडेलले बताए ।

धेरै जसो पहिलो पटक यात्रा गर्ने सवारी साधन दुर्घटनामा परेको उनले बताए ।अहिलेको बाटो स्तरउन्नति गरेर सडक सिधा नबनाए सम्म सडक दुर्घटनामा कमि नआउने उनले बताए ।

शुक्रबार दिउसो तरकारी बोकेको बोलेरो जिप गढि ७ चियाबारी नजीक देउरालीमा दुर्घटना भएको छ ।घुम्ती मोडको ओरालोमा गाडी दुर्घटना भएको हो ।गाडी दुर्घटना भए पनि कुनै मानबिय क्षेति नभएको ट्राफिक प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्