२८ आषाढ २०८३, आइतबार

२८ आषाढ २०८३, आइतबार

पहिलो नेपाली सिनेमाका नायक सिपि लोहनी रहेनन्

कान्छो खवर । बुधबार, बैशाख १९, २०८१

श्रीमती सिन्हा सङ लोहनी

गाईघाट १९ बैशाख ।

निजि क्षेत्रबाट निर्माण भएको पहिलो नेपाली कथानक चलचित्र ” माईतिघर “का नायक चिदम्बर प्रसाद लोहनी अर्थात सिपी लोहनीको ८६ बर्षको उमेरमा निधन भएको छ।

बिगत केहि बर्ष देखि अल्जाइमर रोगबाट पीडित लोहनीको सोमबार दिउसो काठमाडौं स्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो । गायक समेत रहेका उनले २०२२ सालमा निर्माण भएको नेपाली सिनेमा माईतिघरमा भारतीय अभिनेत्री माला सिन्हा सङ अभिनेताको रूपमा फिल्म खेलेका थिए । पछी उनै सिन्हा सङ उनले बिबाह गरेका थिए ।

उनिहरुको एक मात्र सन्तान छोरी प्रतिभा सिन्हा छिन् ।उनि पनि भारतीय सिने जगतकी प्रसिद्धि अभिनेत्री हुन ।सिपीको सोमबार नै पसुपति स्थित आर्यघाटमा दाहसस्कार गरिएको थियोे । सो अबसरमा नेपाली सिने क्षेत्रका कलाकार , सर्बसाधारण , व्यबसायिले स्वर्गिय लोहनी प्रति स्रदान्जलि अर्पण गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्