०४ आषाढ २०८१, सोमबार

श्रीमानको हत्या आरोपमा श्रीमती र छोरा पक्राउ

कान्छो खवर । शनिबार, मंसिर २३, २०८०

नीर कुमारी रैनी

गाईघाट २३ मंसिर ।
जङ्गलमा बुधबार भेटिएको पुरुषको शब आफनै श्रीमती द्वारा हत्या गरिएको श्रीमान् को भएको खुल्न आएको छ ।त्रियुगा नगरपालिका ५ दमौटि सुक्लाका ६० बर्शिय श्याम कुमार राईको आफ्नै श्रीमती ४० बर्शिया नीर कुमारी रैनिले घाटि थिचेर हत्या गरेको प्रहरीले जनाएको छ।

रैनिले घरायसी विवाद पछि श्रीमानको १६ गते सनिवार साझ हत्या गरि घर नजिकैको जङ्गलमा माटोले पुरी माथी बा स्याउलाले छोपेर लुकाएको प्रहरीले जनाएको छ। हत्या पछि छोराको सहयोगमा उनले शब जङ्गलमा लुकाएको थिइन् ।
प्रहरी आमा र छोरा सुरन राई लाई बुधबार २० गते पक्राउ गरेको जनाएको छ।
पक्राउ गरिएको उनिहरु लाई अदालत बाट ५ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक हरि नन्दन चौधरीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्